मंगलबार, वैशाख १६, २०८२

सामुदायिक वनसँग जोडेर तरकारी खेती

कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन्।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

सर्लाही- सर्लाहीको हरिवन नगरपालिका –३, ४ र ५ स्थित लखनदेही नदी किनारको नदी उकास जमिन कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती कार्यक्रम प्रभावकारी बन्दैगएको छ।

कोरोना सङ्क्रमणको प्रभावमा परेका विपन्न किसानले नदी उकास जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गरी बगरलाई हराभरा बनाएका छन्। हरिवन –३, ४ र ५ का कोभिड –१९ पीडित विपन्न किसानले बगरमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दैआएका छन्। 

नदी उकास, खेर गइरहेको वन क्षेत्र र बगरका खाली जमिनमा कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत खनजोत गरी लगाइएको तरकारी खेतीबाट पर्याप्त उत्पादन  भएपछि जीविकोपार्जन गर्न सहज भएको हरिवन–४ का वडाध्यक्ष केशवराज थापाले बताए। किसानले बगरखेती गरी उत्पादन गरेको तरकारी बिक्रीबाट पर्याप्त आम्दानी गर्न थालेपछि घर व्यवहार चलाउन सहज भएको छ।

तीन समूहमा विभाजन गरी कृषि सामुदायिक वन कार्यक्रमअन्तर्गत तरकारी खेती गर्दा जीविकोपार्जनका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको हरिवन–३ मोहनपुरकी किसान  एवं मोहनपुर कृषि सामुदायिक वन समूहकी अध्यक्ष गङ्गाकुमारी ब्लोनले बताइन्। हाल उक्त वन समूहमा ६६ विपन्न कृषक आवद्ध छन्। उनीहरुले खुर्सानी, करेला, लौका, कांक्रा, फर्सी, भिण्डीलगायत तरकारी उत्पादन गर्दैआएका छन्। कृषि सामुदायिक वन समूह निर्माण गरेर नदी उकास तथा बगरको खेर गएको जमिनमा उत्पादन गरेको तरकारी बिक्रीबाट भएको आम्दानीको केही रकम आफ्नो समूहमा जम्मा गर्ने गरेको समेत उनले बताए। 

‘तरकारी बिक्रीबाट आउने केही पैसा हामीले समूहमा जम्मा गर्ने गरेका छौँ, त्यो पैसा कहिलेकाहीँ बीउबिजन किन्न तथा पैसा अभाव भएको समयमा समूहका सदस्यले पालैपालो चलाउने गरेका छौँ’, अध्यक्ष ब्लोनले भने। सामुदायिक वनको खाली, पर्ती जग्गा र नदी उकास जग्गामा तरकारी खेती गर्न थालेपछि घर व्यावहार चलाउन सहज भएको छ। 

Metro Mart
worldlink

हरिवन–४ की अजमिरी खातुनले तरकारी खेतीबाट मनग्य आन्दानी गरेकि छन्। समूहकी कोषाध्यक्षसमेत रहेकी उनले खर्बुजा, काँक्रा, बोडी, भाण्टालगायत तरकारी लगाउनुभएको छ। ग्रामीण स्वयंसेवक समाज हरिवनले करिब २० बिघा जमिनमा विभिन्न कृषक समूह बनाई सामूहिक तरकारी खेती गरेको छ। हरिवन नगरपालिकाले उपलब्ध गराएको खाली पर्ती, ऐलानी र खेर गइरहेका सामुदायिक वन क्षेत्र तथा नदी उकासमा गरिएको कृषि खेतीबाट हरिवन नगरपालिका–३ का ६६  परिवार, हरिवन नगरपालिका ४ का ४८ परिवार र हरिवन नगरपालिका–५ का ८६ परिवार प्रत्यक्ष लाभान्वित भएका  छन्। 


प्रकाशित: Feb 02, 2023| 22:30 बिहीबार, माघ १९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।