आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सुनको मूल्यले छुँदै अकास, प्रतितोला १ लाख साढे ७ हजारमा कारोबार

सुनको मूल्यले छुँदै अकास, प्रतितोला १ लाख साढे ७ हजारमा कारोबार

बिहीबार प्रतितोलामा १ हजार ३०० रुपैयाँ बढेर छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय पुगेको छ।
 |  बिहीबार, माघ १९, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १९, २०७९

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोलामा १ हजार ३०० रुपैयाँ बढेर छापावाला सुनको मूल्य १ लाख ७ हजार ५ सय पुगेको छ।

अघिल्लो दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ६ हजार ३ सयमा कारोबार भएको थियो। आज तेजाबी सुनको मूल्यसमेत तोलामा १ हजार ३०० रुपैयाँले बढेर १ लाख ७ हजारमा करोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यभन्दा २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित: Feb 02, 2023| 11:15 बिहीबार, माघ १९, २०७९
प्रतिक्रिया दिनुहोस्