सुर्खेत- जाजरकोटमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।
कुशे गाउँपालिका वडा नम्बर ४ तप्तीका अन्दाजी ३१ वर्षीय अम्मरबहादुर शाहीको ससुरालीबाट फर्किंदै गर्दा भिरबाट लडेर मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनी भिरबाट करिब २०० मिटर तल खसेका थिए।