आइतबार, असार २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • गौतम अदानीको सम्पत्ति घट्ने क्रम जारी, मुकेश अम्बानीभन्दा पछि परे

गौतम अदानीको सम्पत्ति घट्ने क्रम जारी, मुकेश अम्बानीभन्दा पछि परे

बुधबार एकैदिन उनको सम्पत्तिमा १२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति घट्ने क्रम जारी छ। बुधबार एकैदिन उनको सम्पत्तिमा १२ अर्ब अमेरिकी डलरको गिरावट आएको छ।

हिन्डेनबर्ग प्रतिवेदनका कारण अदानी विश्वकै तेस्रो धनाढ्यबाट सातौं स्थानमा झर्दै बुधबार शीर्ष १० बाट पनि बाहिरिएका छन्। हाल उनी फोर्ब्सको धनाढ्य सूचीमा १५औं स्थानमा ओर्लिएका हुन्।

अमेरिकी अनुसन्धान संस्थाले अदानीको स्वामित्वमा रहेका केही कम्पनीहरुले जाली वित्तीय विवरण र सेयर मूल्यमा चलखेल गरेको भन्दै प्रतिवेदन सार्वजनिक गरेलगत्तै गत बुधबारदेखि नै अदानी ग्रुपका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आउन सुरु गरेको थियो। एक हप्ताको अन्तरालमा अडानीको कुल नेटवर्थ ७६.२ अर्ब डलरमा झरेको छ।

यसैबीच  मुकेश अम्बानी गौतम अदानीलाई उछिन्दै पुन: एसियाको धनाढ्य व्यक्ति तथा विश्वको नवौं धनी व्यक्ति बनेका छन्। फोर्ब्सका अनुसार अम्बानीको नेटवर्थ ८३.८ अर्ब अमेरिकी डलर छ। 

गत फेब्रुअरीमा अदानी मुकेश अम्बानीलाई उछिन्दै एसियाकै धनाढ्य व्यक्ति बनेका थिए।

प्रकाशित: Feb 01, 2023| 17:04 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।