काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ ३४ लाख ८८ हजार ३२८ र आन्तरिकतर्फ ४४ लाख ६६ हजार १५२ यात्रुले हवाई सेवा लिएको विवरण सार्वजनिक गरेको छ।
कार्यालयले आन्तरिक तथा बाह्य हवाई सेवा लिने नेपालीको संख्या अघिल्ला वर्षको तुलनामा सन् २०२२ मा बढेको बताएको छ।
तथ्यांकअनुसार सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ १२ हजार १५४ उडान र १२ हजार १५८ अवतरण भएका छन्। सोही अवधिमा १९ लाख ३१ हजार ५१७ यात्रु विमानस्थलबाट बाहिरिएका छन् भने १५ लाख ५६ हजार ८११ यात्रु भित्रिएको तथ्यांकमा उल्लेख छ।
सन् २०२२ मा आन्तरिकतर्फ ५४ हजार १०७ उडान तथा ५४ हजार ९५ अवतरण भएका थिए। सोही अवधिमा आन्तरिकतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ लाख ५५ हजार ५३८ यात्रु बाहिरिएका छन् भने २२ लाख १० हजार ६१४ यात्रु भित्रिएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रियतर्फ सन् २०२२ को जनवरीमा २ लाख ८० हजार ४५, फेब्रुअरीमा १ लाख ८१ हजार ५६१, मार्चमा २ लाख ५२ हजार ९६४, अप्रिलमा २ लाख ९६ हजार ९४६, मेमा २ लाख ९४ हजार ५०९, जुनमा २ लाख ८० हजार २९१ ले हवाई सेवा लिएको कार्यालयले बताएको छ।
यस्तै, जुलाईमा २ लाख ७५ हजार ६२४, अगस्तमा २ लाख ८१ हजार ६९६, सेप्टेम्बरमा ३ लाख ३९ हजार १३४, अक्टोबरमा ३ लाख ६० हजार ७००, नोभेम्बरमा ३ लाख ६४ हजार ७२४ र डिसेम्बरमा ३ लाख ५२ हजार १३४ यात्रुले हवाई सेवा लिएको तथ्यांक सार्वजनि भएको छ।
सन् २०२२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ १२ हजार १५४ उडान र १२ हजार १५८ अवतरण भए भने आन्तरिकतर्फ ५४ हजार १०७ उडान तथा ५४ हजार ९५ अवतरण भएको तथ्यांक सार्वजनिक।
सोही अवधिमा आन्तरिकतर्फ जनवरीमा ३ लाख ५० हजार ७४९, फेब्रुअरीमा ३ लाख ६३ हजार ८३५, मार्चमा ४ लाख ३७ हजार १७९, अप्रिलमा ४ लाख ११ हजार १४४, मेमा ३ लाख ९७ हजार ८०३, जुनमा ३ लाख ५५ हजार ३०४ ले सेवा लिएका छन्।
कार्यालयको तथ्यांकअनुसार जुलाईमा ३ लाख ३२ हजार ९०५, अगस्तमा ३ लाख ३३ हजार ५००, सेप्टेम्बरमा ३ लाख ५६ हजार ३६४, अक्टोबरमा ४ लाख २५ हजार ४५, नोभेम्बरमा ३ लाख ५३ हजार १०९ र डिसेम्बरमा ३ लाख ७२ हजार ७१५ यात्रुले हवाई सेवा लिएका छन्।
सन् २०२१ को सोही अवधिमा अन्तर्राष्ट्रियतर्फ १४ लाख ८२ हजार ३०५ र आन्तरिकतर्फ ३५ लाख ९ हजार ७१८ यात्रुले हवाई सेवा लिएको कार्यालयको तथ्यांक छ। कोरोना महामारीको समय सन् २०२० मा अन्तर्राष्ट्रियतर्फ ११ लाख ५ हजार १५९ र आन्तरिकतर्फ १४ लाख ५७ हजार ५३९ हवाई यात्रुले हवाई सेवा लिएका थिए।
कोरोनाअघि सन् २०१९ मा अन्तर्राष्ट्रियतर्फ ४१ लाख ३८ हजार ४८२ र आन्तरिकतर्फ ३१ लाख ८८ हजार ४७९ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेको कार्यालयको तथ्यांकमा उपलब्ध गराइएको छ।