रुकुम पश्चिम- रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१४ छिवाङ ज्युलाको बगरमा मंगलबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
मुसीकोट-४ सोलावाङबाट सानीभेरी गाउँपालिकाको सिम्लीतर्फ जाँदै गरेको ना६त ७७१३ नम्बरको ट्याक्टर दुर्घटना हुदाँ सहचालकको ज्यान गएको हो भने चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार ट्याक्टर दुर्घटनामा परेर भेरी नगरपालिका–१ जाजरकोटका ३४ वर्षीय हरिबहादुर विकको ज्यान गएको हो। दुर्घटनामा घाइते बिकको उपचारको क्रममा मंगलबार राति नै जिल्ला अस्पताल सल्लेमा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर ट्याक्टर चालक मुसिकोट नगरपालिका ६ घोरखानीका २२ वर्षीय मनबहादुर विक घाइते भएका छन्। प्रहरीका अनुसार घाइतेको स्वास्थ्य अवस्था गम्भीर छ। उनलाई थप उपचारको लागी नेपालगञ्ज पठाइएको छ। ट्रलिबिनाको खाली ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ।