शनिबार, असार २१, २०८२

महेन्द्रनगर हिरासतबाट फरार ६ मध्ये थप दुई जना पक्राउ

सोमबार बिहान धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल प्वाल पारेर फरार भएकामध्ये थप दुई जना पक्राउ परेका छन्।
 |  बुधबार, माघ १८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ १८, २०७९

काठमाडौं- सोमबार बिहान धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतको पर्खाल प्वाल पारेर फरार भएकामध्ये थप दुई जना पक्राउ परेका छन्। 

एक जनालाई सोमबार नै प्रहरीले पक्राउ गरेको थियो। उक्त हिरासतको पर्खाल प्वाल पारेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए। 

जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले थप दुई जनालाई पक्राउ गरेको हो। कुटपिट मुद्दाका फरार थुनुवा मिथिला नगरपालिका-२ का २५ वर्षीय हरदीप सिंहलाई आज बिहान पक्राउ गरिएको हो। 

यस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-२ का २५ वर्षीय अमित मण्डललाई भने मंगलबार नै पक्राउ गरेको धनुषा प्रहरीले जनाएको छ। उनलाई शान्तिविरुको अपराध मुद्दा चलिरहेको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अझै तीन जना फरार रहेकोमा उनीहरूको खोजिकार्य तीव्र पारिएको प्रहरीको भनाइ छ।

प्रकाशित: Feb 01, 2023| 09:54 बुधबार, माघ १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।