शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै

पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रयास गरिंदै

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- पनौती नगरपालिका-७ पुरानो बजार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रक्रिया थालेको करिब २५ वर्षपछि व्यवस्थापन प्रणाली योजना बनाउन सुरु गरिएको छ।

संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अगाडि बढाउन प्रणालीलाई व्यवस्थित गर्न नगरपालिका जुटेको हो।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई विश्वसम्पदामा सूचीकृत गराउन आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा व्यवस्थापन प्रणालीलाई थप व्यवस्थित गर्न सरोकारवाला र समुदायस्तरमा छलफल थालिएको हो।

सन् १९९१ मा पुरानो बजार क्षेत्रको ‘पनौती संरक्षित स्मारक क्षेत्र’ घोषणा गरिसकेको थियो। पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गरेको विवरण अपुग भएकाले त्यसलाई पूर्णता दिँदै छिटोभन्दा छिटो प्रक्रिया अगाडि बढाउनुपर्नेछ। आवश्यक पर्ने प्रक्रिया पूरा गर्दै अगाडि बढाउन सरोकारवाला सङ्घ÷संस्था र निकायसँग छलफल सुरु गरेको पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले बताए।

‘स्थानीय सरकार, सङ्घ संस्था, समुदाय सबै एकताबद्ध भएर लाग्नका लागि यो छफलको आयोजना गरेका हौं’, उनले भने, ‘हिजोका दिनमा जे जति गरेर काम अगाडि बढाएका थियौँ, त्यसलाई पूर्णता दिँदै अब बाँकी कामलाई सफल पार्नका लागि सबैको साथ र सहयोग आवश्यक छ।’

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय संस्कृति महाशाखा प्रमुख सुरेशसुरस श्रेष्ठले मन्त्रालयको नीतिमा भएको व्यवस्थाअनुसार सबै प्रक्रिया स्थानीय सरकारबाट पूरा गरेर पठाउनुपर्ने भएकाले सरोकारवालासँग छलफल थालिएको बताए। अहिलेसम्मको प्रक्रिया चरणबद्धरुपमा रहेको र अब व्यवस्थापनको कार्यमा सम्बन्धित सरोकारवालाको सामूहिक छलफलबाट सबैको जिम्मेवारीमा रहने गरी व्यवस्थापन योजना बनाइने उनले बताए।

पनौती पर्यटक विकासका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती संरक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनको लागि प्रक्रिया अगाडि बढाउनुपर्ने बताए। उनले लामो समयको अन्तरालमा पनि पुरातत्व विभागले तोकेअनुसारको घर निर्माण गर्नुपर्ने भएकाले नक्सापास गर्न विभागको अनुमति कुर्नुपर्दा नागरिकले घर बनाउन सास्ती खेप्नुपरेको बताए।

प्रकाशित: Jan 31, 2023| 21:30 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।