शनिबार, असार २१, २०८२

प्युठानबाट चोरीको सामानसहित दुई जना पक्राउ

रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

प्युठान- चोरीका सामग्रीसहित प्यूठानबाट दुई जना युवा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका-४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन्। 

रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाडाकुडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ। 

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानमा लगिएको छ।

प्रकाशित: Jan 31, 2023| 20:50 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।