आइतबार, जेठ ५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा

जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस जस्तापाताको माग अन्तर्राष्ट्रिय बजारमा

अन्य देशबाटसमेत माग आउन थालेपछि स्टिल्सले अन्तर्राष्ट्रिय निर्यातको घोषणासमेत गरेको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं– नेपालको पहिलो स्वचालित स्टिल उत्पादन कम्पनी जगदम्बा स्टिल्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ। अन्य देशबाटसमेत माग आउन थालेपछि स्टिल्सले अन्तर्राष्ट्रिय निर्यातको घोषणासमेत गरेको छ।

जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंगबाट बनाइने गरिन्छ। यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउने भएकाले अन्तराष्ट्रिय माग बढेको कम्पनीले जनाएको छ।

रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धीहरूसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ।

आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तरमार्फत उपभोक्ताहरुलाई  सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको कम्पनीले जनाएको छ।

‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्। यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले विज्ञप्ति जारी गर्दै भनेको छ।


प्रकाशित: Jan 31, 2023| 16:47 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्