शनिबार, असार २१, २०८२

महालक्ष्मी बैंकको सामाजिक काम

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन्।

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ अक्षेरुपी बिस हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ। साहारा विहिन, अशक्त, असाहाय, शारिकि तथा मानसिक रुपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

त्यस्तैगरी बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा नं ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ। नगरपलिकाका वडा नं १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्नसक्ने कठिन कार्यमा सहयोग पुर्‍याउनका लागि स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको हो।

उल्लेखित कार्यक्रम सँगसगै बैंकको चन्द्रौटा शाखाले शिवराज नगरपालिका वडा नं ५ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्म अध्ययनरत १८६ जना विद्यार्थीहरुलाई स्वीटर हस्तान्तरण गरेको छ। विद्यालय अवस्थित क्षेत्रमा अत्याधिक चिसो बढेकोले विद्यार्थीहरुको स्वास्थ्य र अध्ययनमा पर्नसक्ने प्रभावलाई ध्यानमा राखेर बैंकले स्वीटर प्रदान गरेको हो।


प्रकाशित: Jan 31, 2023| 16:39 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।