आइतबार, असार २९, २०८२

पाकिस्तानमा मस्जिद विस्फोट अपडेट : करिब १०० जनाको मृत्यु

मस्जिद विस्फोट स्थलबाट थप शव निकाल्ने क्रम जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं– उत्तरपश्चिम पाकिस्तानको प्रान्तीय राजधानी पेशावरमा सोमबार दिउँसो प्रार्थनासभामा गराइएको बम विस्फोटमा परी हालसम्म करिब १०० जनाले ज्यान गुमाएका छन्।

प्रहरी मुख्यालय नजिक रहेको मस्जिद विस्फोटको भग्नावशेषबाट थप शव निकाल्ने क्रम जारी रहेको पेशावरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले अन्तर्राष्ट्रिय समाचार माध्यमलाई बताएका छन्।

सोमबार भएको विस्फोटमा सुरुमा ३० जनाको मृत्यु भएको प्रारम्भिक विवरण पेशावर प्रहरीले सार्वजनिक गराएको थियो। मस्जिदमा विस्फोटका बेला ३०० देखि ४०० प्रहरी उपस्थित रहेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। नमाज पढ्न भेला भएका मानिसलाई लक्षित गरी विस्फोट गराइएको हो। 

पेशावरस्थित मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव निकाल्ने क्रम जारी रहेकाले मृतकका संख्या अझै बढ्न सक्ने देखिएको बताए। सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानका अनुसार नवाज पढ्नेमध्ये विस्फोटका लागि ९० प्रतिशत बढी प्रहरी मस्जिदभित्र थिए।

विस्फोटमा परेर हालसम्म २१५ बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। मस्जिदमा करिब ५०० बढीले प्रार्थना गरिरहेका बेला अज्ञात व्यक्तिले आफैंलाई विस्फोट गराएका थिए। विस्फोटको अन्तर्राष्ट्रिय समुदायबाट निन्दा गरिएको छ।–एजेन्सी

प्रकाशित: Jan 31, 2023| 15:36 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।