मंगलबार, वैशाख १६, २०८२

मधेशमा सडक दुर्घटना: ६ महिनामा २८१ जनाले ज्यान गुमाए

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

महोत्तरी- मधेश प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ। चालु आर्थिक वर्ष २०७९/८० को अद्र्धवार्षिक प्रतिवेदनअनुसार छ महिनामा यो प्रदेशमा दुई सय ८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन्।

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा) को आव २०७९/८० को अद्र्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो।

गत साउन–१ गतेदेखि गत पुस मसान्तसम्मका छ महिनामा सडक दुर्घटनाका दुई हजार आठ सय ७६ घटना भएका छन्। यी घटनामा चार हजार तीन सय ७१  घाइते भएका र दुई सय ८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताउनुभयो। बारामा मात्रै सडक दुर्घटनाका घटनामा छ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ।

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ। गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३÷३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप  र चालकको लापर्बाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ। मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन्। तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ।

Metro Mart
worldlink

प्रदेशभित्र आव २०७६/७७ मा एक हजार तीन सय ४०, २०७७/७८ मा तीन हजार नौ सय ८३ र  २०७८/७९ मा पाँच हजार सात सय ११ सडक दुर्घटनाका घटना भए। ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ। 

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार आठ ६७, छ हजार चार र नौ हजार चार सय ६४ रहेको प्रतिवेदन उल्लेख छ। पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ। ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ। 

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउनुहुन्छ। यो बाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ।

‘छ महिनामै एक लाख ४६ हजार एक सय ८० वटा (दोहोरिएकासमेत) सवारी साधनलाई कारबाही गरेका छौँ, यसबाट रु १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ’, प्रनाउ भण्डारी भन्नुहुन्छ, ‘विगत वर्षभन्दा जारी आवको छ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अद्र्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ।’ कारबाहीमा पर्ने सवारी साधन पनि बढेका बढ्यै छन्।  

आव २०७६/७७ मा एक लाख ९१ हजार पाँच सय २६, आव २०७७/७८ मा दुई लाख ५९ हजार एक सय ८८ र आव २०७८/७९ मा दुई लाख ६४ हजार तीन सय १० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए। ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको विगत तथ्याङ्क छ। दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ। 

प्रकाशित: Jan 31, 2023| 18:18 मंगलबार, माघ १७, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।