शनिबार, असार २१, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हिरासत कक्षबाटै ६ थुनुवा भागेपछि जिल्ला प्रहरी कार्यालय धनुषा तानिए सुरक्षाकर्मी

हिरासत कक्षबाटै ६ थुनुवा भागेपछि जिल्ला प्रहरी कार्यालय धनुषा तानिए सुरक्षाकर्मी

हिरासतमा सुरक्षा व्यवस्थाप्रति लापर्वाही गरेको दाबीसहित इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टोलीलाई धनुषा जिल्ला प्रशासनमा तानिएको हो।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं– मधेस प्रदेश मुकाम धनुषास्थित इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ थुनुवा फरार भएपछि रातीको समय ड्युटी बसेका तीन प्रहरी जवान निलम्बनमा परेका छन्। हिरासतबाट भागेका थुनुवामध्ये हालसम्म एक जना मात्र पक्राउ परेका छन् अन्य पाँच जना फेला पर्न नसकेको धनुषा प्रहरीले बताएको छ।

हिरासतमा सुरक्षा व्यवस्थाप्रति लापर्वाही गरेको दाबीसहित इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टोलीलाई धनुषा जिल्ला प्रशासनमा तानिएको छ। 

आइतबार राती करिब ३ बजे हिरासतको भित्ता भत्काएर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा प्रहरी नायब निरीक्षक मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ।

फरार थुनुवामध्ये हातहतियार मुद्दाका अभियुक्त मिथिला नगरपालिका–६ का रोशन महतोलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ। हिरासतबाट भाग्ने थुनुवामध्ये दुई जना हातहतियार, तीन जना शान्ति–सुरक्षा अभद्र व्यवहार र एक जना लागूऔषधसम्बन्धी मुद्दाका अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।

उनका अनुसार हिरासतमा रहेका सात कैदीमध्ये सवारी दुर्घटना मुद्दाका एक जनाबाहेक सबै भागेका छन्। इलाका प्रहरीको भवन जीर्ण र पुरानो भएका कारण उनीहरू भाग्न सफल भएको प्रहरीको प्रारम्भिक अनुमान छ। शान्ति–सुरक्षामा असवधानी अपनाएको भन्दै इलाा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष अधिकृत असई अशोक मण्डल, प्रहरी हवल्दार सरोज रेग्मी र प्रहरी जवान रोहन मगरलाई निलम्बन गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सुमन तिम्सिनाले बताए।

थुनुवा फरार घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ। यस्तै, प्रदेश प्रहरी कार्यालयका एसएसपी मनोजकुमार यादवको संयोजकत्वमा समिति गठन गरिएको छ। 

हिरासतबाट भाग्ने हातहतियार मुद्दाका शंकर सिंह, लागूऔषध मुद्दाका विनोदकुमार शर्मा, अमित मण्डल र राष्ट्रसेवक बाधा मुद्दाका रोशन यादव र हरिदीप सिंहको खोजी जारी रहेको धनुषा प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 31, 2023| 12:30 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।