काठमाडौं- सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँले घटेको छ।
अघिल्लो दिन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार आठ सय रुपैयाँ थियो।
चाँदीको मूल्य भने अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार तीन सय ६५ रुपैयाँ कायम रहेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।