बिहीबार, जेठ २३, २०८२

इसेवा मनी ट्रान्सफरको ब्राण्ड हिरो बने दयाहाङ

राई इसेवा मनी ट्रान्सफरको युएईमा लगायत अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचारप्रसार मुलक कार्यक्रममा सक्रिय हुने कम्पनीले जनाएको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- इसेवा मनी ट्रान्सफरले नायक दयाहाङ राईलाई ब्राण्ड हिरोको रुपमा आवद्ध गरेको छ। यसअघि नायक राजेश हमाल पनि ब्राण्ड एम्बेसडरका रुपमा इसेवा मनी ट्रान्सफरसँग आबद्ध छन्।

राई इसेवा मनी ट्रान्सफरको युएईमा लगायत अन्य मुलुकमा रहेका साझेदारहरुसँग मिलेर सम्पन्न हुने विभिन्न ‘मेरो डिजिटल देश’ अभियानका विभिन्न किसिमका प्रचारप्रसार मुलक कार्यक्रममा सक्रिय हुने कम्पनीले जनाएको छ।

राईले भने- ‘विदेश गएर काम गर्दै आउनुभएका दाजुभाइ तथा दिदीबहिनीसँग भेट्न पनि म आतुर छु। यसले मलाई एक नेपालीको रुपमा वैधानिक माध्यमबाट मुलुकमा रेमिटेन्स भित्राएर देशको अर्थतन्त्रलाई उजागर गर्न थप जिम्मेवारी बोध गराएको छ।’

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, दयाहाङ राईको नेपालमा मात्र नभएर युएई र सारा संसार भरि नै फ्यान फलोइङ एकदमै राम्रो छ। यो त उहाँको कामको प्रभावले नै हो। उहाँ जस्तो लोकप्रिय व्यक्तित्वलाई कम्पनीको ब्राण्ड हिरो एम्बेसेडरको रुपमा आवद्ध गर्न पाउँदा सम्पूर्ण इसेवाको टोली एकदमै हर्षित छ। आशा छ उहाँको आगमनले हाम्रो यस कम्पनीलाई थप चार्चा र सफलताको शिखरमा पुर्‍याउनेछ।’

कम्पनीले वैधानिक माध्यमबाट आउने रेमिटेन्स प्रवर्द्धनका लागि यो अभियान सुरू गरेको थियो। यो अभियान अन्तर्गत संसारका कुनै पनि मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ६५ लाखभन्दा बढी प्रयोगकर्ता भएको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ। साथै, विदेशबाट आएको नगद रेमिटेन्स इसेवा वालेटमा प्राप्त गरेर पनि यो अभियानमा सहभागी हुन सक्ने बताइएको छ।

यो अभियानको पहिलो चरणमा सहभागी भएर इसेवामार्फत रकम पठाउँदा हरेक महिना एक जनाले ६ महिनासम्म आकर्षक पुरस्कारहरुको प्याकेज तथा बम्परमा १ जनाले काठमाडौंमा घर पाउन घोषणा कम्पनीले गरिसकेको छ।

प्रकाशित: Jan 30, 2023| 14:58 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्