बिहीबार, जेठ २३, २०८२

सवारी दुर्घटना रोक्न कार्यदल गठन

भौतिक पूर्वाधार मन्त्रीस्तरीय निर्णयबाट सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्न कार्यदल गठन गरिएको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पूर्वसचिव शरद्चन्द्र पौडेलको संयोजकत्वमा सवारी दुर्घटना न्यूनीकरण अध्ययन कार्यदल गठन गरेको छ ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री स्तरीय निर्णयबाट सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्न कार्यदल गठन गरिएको हो। कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा एवं दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्नेछ।

कार्यदल सदस्यमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, पुल्चोक इन्जिनियर क्याम्पसका डा. पदमबहादुर शाही, आइटी इन्जिनियर विजय पौडेल, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अध्यक्ष वा प्रतिनिधि र यातायात व्यवस्था विभागका महानिर्देशक सदस्यसचिव रहेका छन्।

प्रकाशित: Jan 30, 2023| 14:43 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्