सोमबार, असार ३०, २०८२

चलचित्रको पाइरेसी रोक्न कानुन बन्दै

बोर्ड अध्यक्ष केसीले साइबर सुरक्षा र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल भइरहेको बताएका हुन्।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं– चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको पाइरेसी रोक्न कानुन बनाउन पहल गरिरहेको बताएका छन्। चलचित्र पत्रकार संघले आयोजना गरेको दुई दिने कार्यशाला समापन कार्यक्रममा बोर्ड अध्यक्ष केसीले साइबर सुरक्षा र पाइरेसीसम्बन्धी विशेष कानुन बनाउन पहल भइरहेको बताएका हुन् ।

अहिले सामाजिक सञ्जालमा आउने दृश्यले फिल्मलाई असर गरेको गुनासो बढिरहेकाले त्यसको नीतिगत समाधान गरिने उनको भनाइ छ। कानुन संशोधन मात्रै समस्याको समाधान नभई नयाँ कानुन बनाउनु आवश्यक रहेकाले यसका लागि बोर्डले पहल गरिरहेको उनले जानकारी दिए।

अध्यक्ष केसीले बोर्डको गतिविधिलाई सही तरिकाले समाचार बनाएर प्रसारण तथा प्रकाशन गरी हौसला बढाउन र आवश्यक परे खबरदारी गर्न कार्यशालामा सहभागी पत्रकारलाई आग्रह गरे।

नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल, कृष्ण भट्टराई, प्रकाश सायमि, विकास रौनियार, केपी ढुंगाना, विष्णु घिमिरे ‘कल्पित’, नरेश भट्टराई, शान्तिप्रिय, विदुर गिरी, विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले सहभागीलाई प्रशिक्षण दिएका थिए।

संघ अध्यक्ष दिनेश सिटौलाले कार्यशालाको सिकाइले सबैलाई लाभ दिएको सुनाए। सिकाइको पूर्णविराम हुँदैन, यो निरन्तर चल्ने क्रम हो,’ उनले भने।उनले सैद्धान्तिक मूल्य–मान्यतालाई आत्मसात गर्दै समयसापेक्ष प्रविधि प्रयोगसँगै अबको पत्रकारिता अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न इरा’ विषयमा भएको कार्यशालामा देशभरका १०० बढी पत्रकारको सहभागिता थियो।

प्रकाशित: Jan 30, 2023| 14:12 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।