बिहीबार, जेठ २३, २०८२

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं- नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ।

सुन आज ३०० सयले बढेर प्रतितोला रु १ लाख ६ हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

हिजो आइतबार प्रतितोला एक लाख छ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रू तीन सयले बढेको हो।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय छ। यसको मूल्य अघिल्लो दिनको मूल्य रू एक लाख पाँच हजार पाँच सय थियो।

यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रू एक हजार तीन सय ६५ कायम रहेको महासङ्घले जनाएको छ।

प्रकाशित: Jan 30, 2023| 11:34 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्