बाँके- बाँकेमा एक व्यक्तिले श्रीमती र छोरामाथि आगो लगाएका छन्। कोहलपुर नगरपालिका वडा नम्बर १ स्थित शत्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त बिकले पत्नी गंगा बिक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन्।
आगोबाट जलेर प्रिन्सको गएराति मृत्यु भएको छ भने श्रीमतीको गम्भीर अवस्थामा उपचार भइरहेको छ।
बाँकेका एसपी सन्तोष सिंह राठौरले आइतबार राति बालकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिए।
गंगा बिकको भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरको विभिन्न भाग जलेको छ। अभियुक्तलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ।