जनकपुर- धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत तोडेर ६ जना अभियुक्त फरार भएका छन्।
राति हिरासत तोडेर ६ अभियुक्त फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए।
डीएसपी क्षेत्रीका अनुसार दुई जना हातहतियार, दुई जना लागूऔषध र अन्य दुई जनासहित ६ जना हिरासतमा रहेकोमा उनीहरू हिरासत तोडेर फरार भएका हुन्। फरार भएकाहरूको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।