आइतबार, असार २२, २०८२

कर्तव्य ज्यान मुद्दाका दुई फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

भक्तपुर- कर्तव्य ज्यान मुद्दाका फरार २ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ बस्ने ४० वर्षीय सुकमान भन्ने कान्छाराम तामाङ र ४१ वर्षीय बहादुर तामाङ रहेका छन्।    

२०६२ माघ ३० गते चाँगुनारायण नगरपालिका –९ ताथलीमा रहेको गणेश ईट्टा भट्टा नजिकै रहेको कुलो छेउमा सोही भट्टामा काम गर्ने सुकमान भन्ने कान्छाराम र बहादुरले रोल्पा घर भई सोही ईट्टा भट्टामा काम गर्ने ४१ वर्षीय कृष्ण योगीको शरीरको विभिन्न भागमा चक्कु तथा लौरो प्रहार गरी हत्या गरी फरार रहेका थिए। 

घटनामा संलग्न उनीहरुलाई खोजी गर्नेक्रममा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। उनीहरुबारे थप अनुसन्धान गरी अदालतमा हाजिर गराउने भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 30, 2023| 08:40 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।