आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु

पेट्रोल छर्केर आगो लगाउँदा श्रीमती गम्भीर घाइते, छोराको मृत्यु

कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

नेपालगञ्ज- कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा दुई वर्षीय छोराको मृत्यु भएको प्रहरीले जनाएको छ।

श्रीमती गंगासँगको विवादका क्रममा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए।

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जमा भेरी अस्पतालमा ल्याइएकोमा आज बिहान ६ बजेतिर छोरा प्रिन्सको मृत्यु भएको प्रहरीले जनाएको छ। गंगाको भने उपचार भइरहेको छ।

प्रहरीले भानुभक्तलाई नाकाबाट पक्राउ गरेको छ। उनीहरू भारततिर भाग्दै थिए। आइतबार साँझ ७ बजे घटना भएकोमा राति ११ बजेतिर घाइतेलाई नेपालगञ्ज ल्याइएको थियो।

प्रकाशित: Jan 30, 2023| 08:20 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।