आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • देशका छुट्टाछुट्टै स्थानबाट ती फरार प्रतिवादी पक्राउ

देशका छुट्टाछुट्टै स्थानबाट ती फरार प्रतिवादी पक्राउ

वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

बर्दिया- वर्दिया प्रहरीले फरार सूचीका प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष पेश गरेको छ। प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी हिक्मतबहादुर बोहराका अनुसार मधुवन नगरपालिका ९ का मानबहादुर बाठालाई आइतबार प्रहरीले पक्राउ गरेको हो।

उनले चेक अनादर गरी फरार रहेका बाठालाई जिल्ला अदालत वर्दियाले २०७८ भदौ २ गते ३ हजार जरिवानासहित कारवाहीको फैसला गरेको थियो। उनी लुकिछिपी बस्दैआएकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको बोहराले बताए।

त्यस्तै, सोही जिल्लाको बढैयाताल गाउँपालिका ८ बस्ने उपेन्द्रकुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ। उनले पनि चेक अनादर गरी फरार सूचीका प्रतिवादी हुन्। जिल्ला अदालत वर्दियाले २०७८ पुस १२ गते उनलाई कारवाहीको फैसला भएको थियो। तर उनी लुकिछिपी बस्दैआएको प्रहरीको भनाइ छ। उनलाई पनि आइतबार प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ। 

सोहीअनुसार ठाकुरबाबा नगरपालिका ३ बस्ने भग्गु थारु ज्यान कसुर गरी फरार रहेकोमा प्रहरीले उनलाई आइतबार पक्राउ गरेको छ।

ज्यान कसुरमा उनलाई जिल्ला अदालत वर्दियाले २०५२ असार ३२ गते एक महिनाको केद सजायको फैसला गरेको थियो। तर उनी लुकिछिपी बस्दैअएका थिए। सूचना अधिकारी बोहराका अनुसार तीनै जना प्रतिवादीलाई आवश्यक कारबाहीका लागि अदालत पेश गरिएको छ।

प्रकाशित: Jan 30, 2023| 07:36 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।