जनकपुरधाम- मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा वीरेन्द्रकुमार ठाकुरलाई आइतबार नियुक्त गरिएको छ। नवनियुक्त ठाकुरले आज आइतबार पद तथा गोपनीयताको शपथ लिए।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६० को उपधारा (२) बमोजिम ठाकुरलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरे।
प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उच्च अदालत जनकपुरधामका कायम मुकायम मुख्य न्यायाधीश गुणराज ढुंगेलले मुख्य जनकन्यायाधिवक्ता ठाकुरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। नवनियुक्त मुख्य न्यायाधिवक्ता सिरहा निवासी हुन्।