आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन

पललाई सफाइ दिने नवलपुर अदालतको फैसलाविरुद्ध पुनरावेदन

सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा जबर्जस्ती करणी उद्योगमा पललाई मागदाबीअनुसार कार्यालयले उच्चमा पुनरावेदन गरेको हो।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– पल शाहलाई सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गरेको छ। सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा जबर्जस्ती करणी उद्योगमा पललाई मागदाबीअनुसार कार्यालयले उच्चमा पुनरावेदन गरेको हो। 

नवलपर अदालतले पललाई बलात्कार मुद्दामा सफाइ दिई बालयौन दुरुपयोगको कसुरमा २ वर्ष ६ महिना जेल र १० लाख रुपैयाँ क्षतिपूर्ति जरिवाना सजाय तोकेको थियो।

गएको माघ ३ गते अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले पनि पललाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले उनलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो।

नवलपुरले बाल यौन दुरुपयोगसम्बन्धी अभियोगमा उनलाई २ वर्ष ६ महिना कैद सजाय तोकेको कारण उनी अहिले तनहुँ कारागारमा सोही सजाय काटिरहेका छन्। शाह करिब एक वर्षयता जेलमा छन्।

अघिल्लो वर्ष फागुन ११ गते नाबालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा पलविरुद्ध उजुरी परेको थियो।  फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा पलले आत्मसमर्पण गरेका थिए।

प्रकाशित: Jan 29, 2023| 18:09 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।