काठमाडौं- देशका विभिन्न स्थानमा आइतबार ६ जना मृत फेला परेका छन् भने एकजनाको पोखरीमा डुबेर र अर्का एकजनाको करेन्ट लागेर मृत्यु भएको छ।
प्रहरीका अनुसार गुल्मीको मुसिकोट नगरपालिका-७ डरमखोला बस्ने ५५ वर्षाया गंगा शेरचन आफ्नै घरभित्र आइतबार मृत अवस्थामा फेला परेका छन्।
कैलालीको गोदावरी नगरपालिका-९ सेहरी बस्ने ६३ वर्षीय सन्चा राना आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-६ डोलेश्वर मन्दिर नजिक बस्ने २९ वर्षीय प्रल्हाद केसी आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
कास्कीको पोखरा महानगरपालिका-३० सुकेडाँडा माछापुच्छ्रे टोल बस्ने ६२ वर्षीय रुद्र गिरीको आफ्नै घरको छतबाट लडेर आइतबार घटनास्थलमै मृत्यु भएको छ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा बस्ने ६२ वर्षीय श्री कुमार राई सोही ठाउँस्थि गोरेटो बाटोमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
स्याङ्जाको पुतली बजार नगरपालिका-५ सार्कीडांडा बस्ने ६० वर्षीय बुदे सार्की आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन्।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। महोत्तरीको १५ माघ लोहारपट्टी नगरपालिका-५ डठोरा बस्ने अरुण दासको छोरी ४ वर्षीया अंशु कुमारी दासको पोखरीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ। आफ्नै घर पछाडी रहेको पोखरीमा डुबेर उनको मृत्यु भएको हो।
उता सप्तरीको खडक नगरपालिका-१० फुलबरिया टोल बस्ने ६० वर्षीय रामाकान्त चौधरीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ। सोही ठाउँस्थित विद्युतको पोलमा भर्याङ लगाई विद्युतको तार जोडने क्रममा करेन्ट लागेर गम्भिर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो।
सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।