आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीको जानकारीबिनै सूचनाको हकसम्बन्धी ऐन निष्कृय पारेको खुलासा

प्रधानमन्त्रीको जानकारीबिनै सूचनाको हकसम्बन्धी ऐन निष्कृय पारेको खुलासा

सरकारी निकायबाट ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णयबारे सरकारी संयन्त्रले प्रधानमन्त्रीलाई दिइएन जानकारी।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– ११ पुसमा सरकार प्रमुखको सपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी नदिई सरकारी संयन्त्रले सूचनाको हकसम्बन्धी ऐन निष्कृय पार्ने निर्णय गरेको खुलासा भएको छ।

सरकारी निकायबाट ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णयबारे प्रधानमन्त्री जानकार नरहेको उनले सचिवालयले बताएको हो। 

सरकारको मुख्यसचिवको अध्यक्षतामा रहने सूचना वर्गीकरण समितिले सूचनाको हकसम्बन्धी ऐन, २०६४ लाई निष्कृय पार्ने गरी ८७ प्रकारका विषयलाई गोप्य रहने गरी सूचनाको वर्गीकरण गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति पत्रकारका छाता संघ/संगठनले विरोध गरेपछि मात्रै प्रधानमन्त्री प्रचण्डले थाहा पाएको सचिवालयले प्रस्ट पारेको छ।

प्रधानमन्त्रीको निर्देशनपछि सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा सरोकारवालाका प्रतिनिधि सम्मिलित छलफल तय भएको छ। प्रधानमन्त्री प्रचण्डले पत्रकार महासंघ, सूचनाआयोग, राष्ट्रिय मानव अधिकार आयोगलगायत सरोकारवाला संस्थासँग यसबारे विस्तृत छलफल गर्ने उनको सचिवालयले बताएको छ।

प्रकाशित: Jan 29, 2023| 17:02 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।