आइतबार, असार २२, २०८२

तयार हुनै लाग्यो भोजपुर रंगशाला

कोदारमा २०७६ साल कात्तिकबाट निर्माण सुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

भोजपुर- भोजपुर अन्तर्राष्ट्रिय रङ्गशालाको काम ९८ प्रतिशत सम्पन्न भएको छ। कोदारमा २०७६ साल कात्तिकबाट निर्माण सुरु भएकामा हालसम्म ९८ प्रतिशत निर्माण सम्पन्न भएको शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले जनाएको छ।

कार्यालयका प्रमुख सुरेश शाहले रङ्गशाला निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्धारित समयभित्र सम्पन्न हुने बताए। प्रदेश नं १ सरकारको १४ करोड पाँच लाख लागतमा रङ्गशाला निर्माण गरिएको हो।

सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्नसक्ने गरी सात वटा प्याराफिट निर्माण गरिएको छ। कुल २५ रोपनी क्षेत्रफलमा फैलिएको रङ्गशालाको दक्षिणतर्फ ८० मिटर चौडाइ, उत्तरतर्फ ५५ मिटर चौडाइ, पूर्वतर्फ एक सय दुई मिटर लम्बाइ र पश्चिमतर्फ एक सय पाँच मिटर लम्बाइ छ।

निर्माणाधीन रङ्गशालामा प्याराफिट, कभर्डहल, रिटेनिङ वाल, कार्यालय तथा क्यान्टिन भवन, शौचालयलगायतका पूर्वाधारको काम सम्पन्न भइसकेको निर्माण कम्पनीले रायमाझी, मार्सेली निर्माण जेभीले जानकारी दिएको छ। सम्झौता अनुसारको सम्पूर्ण संरचना तयार गरेर हस्तान्तरणको अन्तिम चरणमा रहेको निर्माण कम्पनीका प्रमुख श्यामकुमार श्रेष्ठले बताए। उनका अनुसार यो महिनाभित्र काम सम्पन्न गरी हस्तान्तरण गरिनेछ।

विसं २०६४ मा जिल्ला विकास समिति बोर्डले ५५ लाखमा जिल्ला खेलकुद परिषद्मार्फत् रङ्गशालाका लागि जग्गा खरिद गरेको थियो। जिविसले केही रकम छुट्याएर स्तरोन्नतिको काम थाले पनि बजेट अभावका कारण रोकिएको थियो। प्रदेश नं १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईले भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकामा शिलान्यास गरेको अन्तर्राष्ट्रियस्तरको ‘मीरा राई रङ्गशाला’को निर्माण तीव्रगतिमा भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाको ५५ लाख र प्रदेश १ सरकारको रू एक करोड ३५ लाख लगानीमा सो रङ्गशाला निर्माण भइरहेको छ। यस्तै प्रदेश सरकारको योजना अन्तर्गत छ करोड लागतमा षडानन्द नगरपालिकामा पनि दिङ्ला रङ्गशाला निर्माण भइरहेको छ।

साथै प्रदेश १ सरकारको ५० लाखको लागतमा टेम्केमैयुङ गाउँपालिकाको छिनामखु खेलमैदान, २५ लाखमा हतुवागढी गाउँपालिका–१, रानीबासको सल्लेमा क्षेत्रीयस्तरको खेलकुद रङ्गशाला निर्माण भइरहेको छ।

पछिल्लो समय जिल्लामा धमाधम खेलकुद संचरना बनेपछि खेलाडी तथा खेलप्रेमी उत्साहित बनेका छन्। अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासीमा उत्साह थपेको छ।

प्रकाशित: Jan 29, 2023| 21:00 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।