आइतबार, असार २२, २०८२

भक्तपुरको कमेरोटारमा २३ वर्षपछि धारा

मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरू भएको २३ वर्षपछि आयोजनाभित्रका बासिन्दालाई खानेपानीका धारा वितरण सुरु गरिएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर आर्थिक वर्ष २०५८/५९ बाट सुरू गरेको काममा विभिन्न कारणले ढिलाइ हुँदा आयोजनाले पटकपटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको छ। 

कमेरोटार जग्गा एकीकरण आयोजना क्षेत्रभित्र रहेका करिब दुई हजार एक सय धारामा पानी वितरण सुरु गरिएको हो। नगरपालिकाको विशेष पहलमा आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेड थिमि शाखाले संयुक्तरुपमा कमेरोटार क्षेत्रमा खानेपानी वितरण सुरु गरेको नगर प्रमुख एवं आयोजना व्यवस्थापन उपसमितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिए।

खानेपानीको चरम अभाव रहेको एक हजार चार सय ८६ रोपनी क्षेत्रभित्र सञ्चालित आयोजनाभित्र करिब दुई हजार दुई सय कित्ताका घरका धारामा खानेपानीको लाइन जडानको काम सम्पन्न गरेर पानी वितरण सुरु गरिएको र पानीका लागि सबैलाई आवेदन दिन आह्वान गरिएको आयोजना प्रमुख ई. सत्यनारायण शाहले जानकारी दिए। उनले यस क्षेत्रमा अन्तिमसम्ममा करिब तीन हजार धारा वितरण गर्ने लक्ष्य राखेको बताए।

आयोजनाले यसअघि नै घर तथा घर निर्माण नभएका प्लटमा समेत खानेपानीका धाराको पाइपलाइन विस्तार गरिसकेको छ। आयोजनाभित्र पछि निर्माण हुने घरमा धाराको पाइप राख्नकै लागि सडक खन्न नपर्ने गरी खाली जग्गामा पाइप पुर्याइएको उनले जानकारी दिए। उनले नगरपालिकाले आयोजनाभित्र १४ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण सुरु गरेको बताए। नगर प्रमुख श्रेष्ठले भने, 'नगरपालिकाको आफ्नै करिब रु एक करोडको लागतमा आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्नेगरी पानी ट्याङ्की निर्माण सुरु गरेका छौँ, मध्यपुरथिमिभित्रका पानीको स्रोत परिचालन गरी पानी अभाव हुन नदिने व्यवस्था गर्न आयोजनाले ध्यान दिनेछ।' 

उनले ट्याङ्की निर्माण सम्पन्न गरी आयोजनाका बासिन्दाकै लागि डिप बोरिङ गरी पानीको स्रोत व्यवस्थापन गर्ने योजना अगाडि सारेको जानकारी दिए। उनले आयोजना क्षेत्रभित्रको सडक कालोपत्र, ढल व्यवस्थापन र खानेपानीको विस्तारका लागि ठेक्का लिएका निर्माण कम्पनीले यही महिना बाँकी काम नगरे ठेक्का रद्द गरी धरौटी जफत गर्ने जानकारी दिए।

खानेपानी वितरण सुरु भएकामा खुसी व्यक्त गर्दै आयोजनाभित्रका बासिन्दा पुरुषोत्तम कार्कीले खानेपानीको चरम अभाव भएको यस क्षेत्रमा सबैलाई समान रुपमा पानीको उपभोग गर्ने गरी वितरण गर्नुपर्ने बताए। उनले यहाँभित्रका सबै विवाद सल्टाएर छिटोभन्दा छिटो आयोजना सम्पन्न गर्न माग गर्नुपर्ने बताए।

प्रकाशित: Jan 29, 2023| 21:30 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।