आइतबार, असार २२, २०८२

माइतीघरमा लाग्यो मेयर बालेनविरुद्ध नारा

काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै मेयर बालेनविरुद्ध प्रदर्शन गरेका हुन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं– काठमाडौं महानगरका मेयर बालेन साहविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। आइतबार काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैनलगायत नारा अंकित प्लेकार्ड बोकेका छन्। विरोध प्रदर्शनको नेतृत्व गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा महानगर प्रमुखमा पराजित सुमन सायमिले गरेका छन्। 

स्थानीय तहको निर्वाचन परिणाम घोषणापछि काठमाडौंमा निस्केको विजय जुलुसमा नवनिर्वाचित मेयर बालेनलाई बधाइ दिन प्रतिद्वन्द्वी सुमन सायमि अग्रस्थानमा उभिएका थिए। प्रतिस्पर्धाको चौथो स्थानमा रहेका सायमिले त्यतिबेला बालेनलाई बधाइ र शुभकामना मात्र दिएनन्, राष्ट्रिय सभागृहबाट सुरु विजय जुलुसमा बालेनसँगै एउटै गाडीमा समेत देखिएका थिए। विजय यात्रामा बालेन र सायमिले एकै थरी भादगाउँले टोपी पहिरिएका थिए।

पछिल्लो समय काठमाडौंका सम्पदामा डोजर चलाएको भन्दै सायमि बालेनसँग रुष्ट छन्। सोही कारण आजको विरोध प्रर्दशनमा उनले सहभागिता जनाएका हुन्।

बालेन नसच्चिए काठमाडौंमा टेक्न ठाउँ हुँदैन : सुमन सायमि

विरोध प्रदर्शनमा गत वैशाखको स्थानीय तह निर्वाचनमा महानगरको मेयरमा स्वतन्त्र प्रत्यासी रहेका सुमन सायमि पनि सहभागी थिए। प्रदर्शनको नेतृत्व गरेका उनले बालेनले कानुन र संविधान मिचेर काम गरिरहेको आरोप लगाए।

अवैध संरचना हटाउने पक्षमा आफूहरुको असहमति नभए पनि बालेनले ठूलालाई चैन र सानालाई ऐनको नीति लिएर काम गरिरहेको दाबी गरे।अहिले उपत्यका विकास समिति नामक संस्था र महानगरविरुद्ध आन्दोलन गरिएको र आफूहरूसँग पचासौं संगठन भएकाले बालेन नसच्चिए थप आन्दोलन गर्ने चेतावनी उनले दिए। उनले भने, ‘बालेनले कानुन र संविधानमाथि रहेको आफूलाई ठान्नुभयो। उहाँ सच्इिनुपर्छ।’

प्रकाशित: Jan 29, 2023| 15:14 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।