आइतबार, असार २२, २०८२

रम, भोड्कालगायत नक्कली मदिरा छ्यापछ्यापती

काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी भइरहेको सूचना पाएपछि प्रहरीले सक्रियता देखाएको हो।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- ठूलो परिमाणमा अवैध मदिरासहित प्रहरीले ३ जनालाई ललितपुरबाट पक्राउ गरेको छ। नक्कली रक्सी बनाउने गरेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। 

उनीहरूले केमिकल हालेर नाम चलेको ब्राण्डको रक्सी बनाउने गरेको पाइएको प्रहरीले बताएको छ। खुकरी रम, डबल ब्ल्याक, जेडी,  रुस्लान भोड्का, रेड लेबललगायत ब्राण्डका रक्सीमा केमिकल हाल्नुका साथै सक्कली रक्सीको स्टिकर उप्काएर अर्कोमा प्रयोग गर्ने गरिएको प्रहरीले बताएको छ। 

उनीहरूले भन्सार छली गरी ल्याइएका रक्सीहरूमा अन्त:शुल्कको स्टिकर आफैंले प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ। काठमाडौं उपत्यकामा स्वदेशी तथा विदेशी ब्रान्डका गुणस्तरहीन नक्कली मदिरा उत्पादन गरी कालोबजारी भइरहेको सूचना पाएपछि प्रहरीले सक्रियता देखाएको हो। उपत्यका अनुसन्धान कार्यालयको टोलीले १३ माघमा ललितपुरको  कुपण्डोलमा निरज उप्रेतीले सञ्चालन गरेको नेक्स्ट टेस्ट लिकर स्टोरमा खानतलासी गर्दा नक्कली खुकुरी रम फेला पारेको थियो।

त्यसको भोलिपल्ट महालक्ष्मीस्थान नगरपालिकाको टीकाथलीका विभिन्न  स्थानमा छापा मारेको थियो। त्यस क्रममा विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा फेला परेको थियो। ती स्थानबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, स्वदेशी तथा विदेशी ब्राण्डका मदिराको खाली बोतल, अन्त:शुल्क स्टिकर, लेबलिङ तथा प्याकेजिङ मेसिन बरामद गरेको छ। 

नक्कली मदिरा बनाउने कारखानाबाट नक्कली गोल्डेन ओक ६ बोतल, ८८४८भोड्का ४८ बोतल, मुग्लान ४२० बोतल, २०२० एप्पल ३० बोतल, खुकुरी रम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको छ। त्यसैगरी नक्कली मदिरा प्याक गर्न तयार गरिएको खाली बोतल खुकुरी रम ३९३ वटा, डबल ब्ल्याक १५ वटा, रेड लेबल १३ वटा, ब्ल्याक लेबल ५ वटा, ज्याक डेनियल ६५ वटा, सिग्नेचर ग्रिन ६७ वटा, रुस्लान भोड्का ५८ वटा, गोल्डेन ओक २३२ वटा खाली बोत्तल र नक्कली मदिरा बनाउन प्रयोग गरिने केमिकल कच्चा पदार्थ र उपकरण पनि बरामद  गरेको दछ।

थप अनुसन्धान गर्ने क्रममा काठमाडौंको मित्रनगरस्थित धर्मी गौडेलले सञ्चालन गरेको एसटी लिकर स्टोरमा खानतलासी गर्दा गुणस्तरहीन नक्कली खुकुरी रम, रुस्लान भोड्का ब्राण्डका मदिरासमेत बेचबिखनका लागि राखिएको प्रहरीले जनाएको छ। नक्कली मदिरा बेच्ने दोलखाका निरज उप्रेती, स्याङ्जाका धर्मी गौडेल र सिन्धुलीका गणेशबहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ।  

प्रहरीका अनुसार विनोद कार्की, भगवान बस्नेत, गोपाल पुन मगर, हरि वली मनोज खत्री गौरव तामाङ र गोपीकृष्ण श्रेष्ठले टीकाथलीमा जस्ताको टहरा भाडामा लिई स्वेदशी तथा विदेशी ब्राण्डका गुणस्तरहीन नक्कली मदिरा बनाएर कालोबजारी गरेको पाइएको प्रहरीले बताएको छ। यस्तो मदिरा बजारमा प्रचलित मूल्यभन्दा कम मूल्यमा बेच्ने गरिएको थियो। पक्राउ परेकाहरुलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तर्गको कसुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।


प्रकाशित: Jan 29, 2023| 15:00 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।