आइतबार, असार २२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

स्वयम्भूमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको ज्यान गयो

बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- काठमाडौंको स्वयम्भूमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

 काठमाडौं महानगरपालिका-१५ स्वयम्भू चमतीमा प्रदेश प्रदेश ३-०१-००३ क ७५१२ नम्बरको ट्यांकरले बा ८१ प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक काठमाडौं महानगरपालिका-२४ बस्ने ५५ वर्षीय नरेन्द्रमुनी बज्राचार्यको मृत्यु भएको हो।

दुर्घटनामा परी गम्भीर घाइते भएका बज्राचार्यको मनमोहन अस्पताल स्वयम्भूमा उपचारका क्रममा गएराति मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। दुर्घटनामा संलग्न चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता भट्टले बताए।

प्रकाशित: Jan 29, 2023| 14:55 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।