शनिबार, जेठ २५, २०८२

आज पनि बढ्यो सुनको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। शुक्रबार प्रतितोला १ लाख ५ हजार ८ सयमा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार रुपैयाँ कायम भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन पनि तोलामा २ सयले बढेर प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ। आज चाँदी भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघले आज दश ग्राम छापावाल सुनको मूल्य ९० हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मूल्य ९० हजार ४ सय ५० र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय ७० कायम गरेको छ।

प्रकाशित: Jan 29, 2023| 12:00 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्