सोमबार, असार २३, २०८२

बाक्लो हुस्सुका कारण कैलालीवासीको जनजीवन प्रभावित

कैलालीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हिजो र आज बिहान शीतलहरसमेत चलेको र बाक्लो हुस्सु लाग्दा कैलालीवासीको जनजीवन प्रभावित बनेको छ।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

धनगढी- कैलालीमा आज बिहानैदेखि बाक्लो हुस्सु लागेको छ। हिजो र आज बिहान शीतलहरसमेत चलेको र बाक्लो हुस्सु लाग्दा कैलालीवासीको जनजीवन प्रभावित बनेको छ।

केही दिन अगाडि वर्षापछि एक दिन मौसम सफा भई घाम लागे पनि त्यसपछि फेरि हुस्सु-कुहिरो लाग्न थालेको हो। हुस्सु लागेपछि फेरि चिसो बढेको छ। पानी परेपछि गर्मी हुने अपेक्षा गरिए पनि फेरि जाडो बढेको धनगढी उपमहानगरपालिका –८ का स्थानीय जगेन्द्र चौधरीले बताउनुभयो।

तराईका केही स्थानहरूमा बिहानीपख हुस्सु-कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बुलेटिन प्रकाशित गरी जानकारी दिएको छ। यसै गरी, आज र भोलि सुदूरपश्चिमसहित कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहने र एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको जनाएको छ। 

प्रकाशित: Jan 29, 2023| 11:49 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।