सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २२औं वार्षिकोत्सव अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन पूर्ण सहयोग रहने बताएका हुन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद गंगालाल अस्पताललाई शैक्षिक प्रतिष्ठान बनाउने प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाएका छन्। 

आइतबार सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २२औं वार्षिकोत्सव अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन पूर्ण सहयोग रहने बताएका हुन्। 

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र सम्पूर्ण जनताको आशा र भरोसाको केन्द्र भएको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले स्वास्थ क्षेत्रलाई विशेष प्राथमिकता दिनुपर्छ भनेरै संविधानमा मौलिक अधिकारको रुपमा राखेका हौं। दोस्रो कार्यकालमा स्वास्थ क्षेत्रलाई प्राथमिकतामा राखेको र अहिले पनि त्यसलाई निरन्तरता दिने गरी काम गर्छौं।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नागरिकलाई अस्पतालले उत्कृष्ट सेवा दिएकामा सराहना गरे। 

अस्पतालले विपन्न, बिमा र निःशुल्क कार्यक्रम सञ्चालन गरेपछि जनतालाई सहज भएको उनको भनाइ छ। 

कार्यक्रममा सांसद प्रदीप पौडेलले गंगालाल अस्पताल अन्य अस्पतालभन्दा तुलनात्मक रुपमा राम्रो रहेको सुनाए। गंगालाल अस्पताललाई प्रतिष्ठानको रुपमा अगाडि बढाउन आवश्यक भएकाले प्रधानमन्त्रीलाई यस विषयमा काम अगाडि बढाउन उनले आग्रह गरे।

स्वास्थ्य राज्यमन्त्री तोषिमा कार्कीले अस्पतालले उत्कृष्ट काम गरिरहेकाले यसलाई निरन्तरता दिन आग्रह गरिन्। मुटुका सेवा विकेन्द्रीकरण गर्न मन्त्रालयले सहयोग गर्ने उनको भनाइ छ।

‘अस्पतालमा कुनै पनि  समस्या भए मन्त्रालय आउनुस्। तपाईंहरुका लागि सधैं ढोका खुला छ। हामी सहयोग गर्छौं’, उनले भनिन्।

प्रकाशित: Jan 29, 2023| 11:33 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।