झापा- दमक-६ मा रहेको बालाजी फर्निसिङमा आगलागी हुँदा लाखौंको क्षति भएको छ।
विकास भट्टराईले सञ्चालन गर्दै आउनु भएको फर्निसिङमा हिजो बेलुका आगलागी हुँदा सबै सामान जलेर नष्ट भएको हो। आगलागीको कारण खुल्न सकेको छैन। आगलागीबाट फर्निसिङका कुर्सी, टेबल, तन्नालगायतका घरायसी सामान जलेका छन्।
उनका अनुसार दमक, उर्लाबारी, गौरादहको दमकल, प्रहरी तथा स्थानीयवासीको सहायताबाट आगो निभाइएको हो। आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए।
यही माघ १ गते दमक–६ कै नमुना बजारका छवटा पसलमा आगजनी हुँदा दुई करोड रुपैयाँभन्दा बढीको क्षति भएको थियो।