आइतबार, असार २२, २०८२

घुन्सामा अझै हिउँ परेन

समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन्।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

ताप्लेजुङ- समुद्र सतहदेखि ३ हजार ५०० मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मंसिर तेस्रो हप्ता गाउँ छाडेर काठमाडौंतिर लागिन्। उनले बसाइसराइ गरेका होइनन्। उनी हिउँ छल्न काठमाडौं गएका हुन्।

उनी विगतदेखि नै हिउँ पर्ने समयमा हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजारसम्म पुग्थे तर यस वर्ष भने काठमाडौं नै पुगेका छन्।

हिमपात हुँदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौं पुगेका छन्। पेमा र उटुक २ जनाले मात्र हिउँ छल्न गाउँ छोडेका भने होइनन्।

गाउँका आधा घरपरिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौंसम्म पुकेका छन्।

विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ। यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न गाउँ छोडेर सदरमुकामदेखि काठमाडौँसम्म पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताए। उनका अनुसार घुन्सा गाउँमा ३३ घर परिवार बसोबास गर्दै आएका छन्।

गत मंसिर शुरू भएसँगै २० घर परिवारले हिउँ छल्न गाउँ छोडेर सदरमुकाम फुङ्लिङ बजार कोही पुगेका छन् भने कोही काठमाडौं पुगेका छन्। अहिले १३ घर परिवार मात्र गाउँमा रहेका छन्। यस गाउँका प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालनमा निर्भर रहेको छ।

जाडोका कारण विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर अवलोकन गर्न आउने पर्यटकको आगमन ठप्प छ। केही चौरी याक गोठ हुने मात्र गाउँ रुङ्गालो बसेको स्थानीय पेम्पा शेर्पाले बताए।

ताप्लेजुङको हिमाली क्षेत्रमा विगतका वर्षमा मंसिरको तेस्रो हप्तादेखि हिमपात शुरू हुन्थ्यो। हिउँले छोपिएर हिमाल सेताम्य हुन्थ्यो तर अहिले हिमाली क्षेत्र हिमपात भएको छैन। विश्वको तेस्रो अग्लो कञ्चनजंघा हिमशिखर दिनदिनै हिउँ बग्लेर कालो चट्टान जस्तै बन्दै गएको छ।

मंसिर तेस्रो हप्ता हिउँ छाल्न गाउँ छोडेर काठमाडौं पुगेका पेमा शेर्पाले भने, ‘हिउँ पर्छ भने गाउँ छोडेर काठमाडौं पुगेको २ महिना भयो तर अहिलेसम्म गाउँमा हिउँ परेको छैन। मैले हिजो मात्र गाउँमा फोन गरेको थिए।’

माघसम्ममा पनि गाउँमा हिमपात नभएमा काठमाडौं छोडेर गाउँ फर्कने योजनामा रहेको शेर्पाले बताए।

समुद्र सतहदेखि ४ हजार २ मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका–७ याङमा गाउँमा हो ताम्मलिङ शेर्पा समयमै हिमपात नभएसँगै अहिले निराशामा छन्। याङमा गाउँ जिल्लाकै उच्च स्थानमा रहेको बस्ती हो। हिमालको फेदीमा पर्दछ। शेर्पा जाडो छल्न सदरमुकाम फुङ्लिङमा आएका हुन्।

अहिले शेर्पाले हिमालहरू काला पत्थर जस्तै भएको हेर्दै दिन बिताए। चिन्तित हुँदै उनले भने, ‘हिउँ पग्लेर हिमाल सुख्खा हुन थाल्यो। हिमाल सुख्खा भयो भने पानीको मुहानहरू सुक्छ। चौरी याकहरूले पानी खान पाउँदैन। जमिन सुक्का हुँदै गए पछि घाँस उम्रिदैन। घाँस नभए पनि चौंरी याकहरू तिर्खा र भोकले मर्ने छन्।’

याङमा गाउँका समुदायको मुख्य पेशा चौंरी याक पालन हो। उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन। त्यसैले चौरी याक गोठ नै मुख्य आम्दानीको स्रोत हो। त्यसैले सदरमुकाम बसेर ताम्लिङ शेर्पा हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुदै गएसँगै चिन्ताले पिरोल्न थालेको हो। 

‘हिमालमा हिउ पग्लिँदै गएको छ। खेतबारीहरू सुख्खा हुँदैछ,’ सिरिजंघा गाउँपालिका–६ मामांखेका लोकेन्द्र लिम्बूले भने, ‘बारीमा जौं गहँु खेती उम्रने बाला लाग्न नपाई सुक्दै गएको छ। केही कसैले त पाइपमा पानी ल्याएर स्प्रीङकल (सिँचाइ गर्ने एक प्रकारको मशिन) खेतबारीमा घुमाउँदै छन्।’

अहिले लिम्बू अलैंची बगानमा सिँचाइ गर्न व्यस्त छन्। पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खरेडीबाट अलैंची बगान जोकाउनका लागि बिहान बेलुका अलैंची बगानमा सिँचाइ गर्न व्यस्त भएको लिम्बूले बताए। रासस

प्रकाशित: Jan 29, 2023| 09:35 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।