विराटनगर- धनकुटा महोत्सवमा भएको भाग दौडमा परेर च्यापिएका मध्ये २ जना बालकको अवस्था गम्भीर भएको छ। घाइते मध्ये धनकुटा–५ का विष्णु राईका ६ वर्षीय छोरा अविहाङ लिम्बू र नाम नखुलेको करिब ४ वर्षीय बच्चाको अवस्था गम्भीर रहेको हो।
उनीहरूको गोल्डे अस्पताल विराटनगरमा उपचार भइरहेको धनकुटाका प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले बताए। १६ जनाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
सुरक्षाकर्मी र मेला हेर्न आउने दर्शकबीच मेलामा प्रवेशको विषयलाई लिएर झडप भएको थियो। धनकुटा नगरपालिका–५ तल्लो टुँडिखेलमा भइहेको महोत्सवमा दर्शक नअट्ने अवस्था आएपछि आयोजकले प्रवेशद्धार बन्द गर्न लगाएपछि झडप भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
महोत्सवस्थलमा भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीले लाठी चार्ज गरेको थियो।
जिल्ला अस्पताल धनकुटाले रेफर गरेका घाइतेको नामावली
१. विष्णु राई धनकुटा ५
२. अबिहाङ लिम्बू (विष्णुको छोरा)
३. गोमा कार्की
४. अनिषा राई
५. नारायण राई
६. ३ वर्षीय बच्चा (नाम नखुलेको)
७. प्रकट श्रेष्ठ
८. बुद्दिमाया लिम्बु
९. सबिन पौडेल
१०. सन्दिप साह
११. प्रवेश राई
१२. श्रेया कटुवाल
१३. हिरा राना
१४. अनुषा राई
१५. बिनिता लिम्बु
१६. सबिन लिम्बु
१७. सुनिल लिम्बु
१८. प्रकाश प्रधान