मकवानपुर- मकवानपुर को राक्सिराङ गाउँपालिका २ देउरालीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। गाउँपालिका २ को चनौटा निवासी अन्दाजी ५५ को माईला थिङ शनिबार दिउँसो ५ बजे भिरबाट खस्दा मृत्युु भएको प्रहरीले जनाएको छ।
थिङ आफन्तको बिहेबाट घर फर्कँदै थिए। भिरबाट अन्दाजी १५० मिटर तल खसी मृत्यु भएको प्रहरी सहायक निरीक्षक सिताराम सुबेदीले जानकारी दिए।
थप अनुसन्धान तथा मुचुल्काको लागि आज आइतबार मकवानपुर मनहरी इलाका प्रहरी घटना स्थल जाने छ। उक्त स्थान प्रहरी चौकी चैनपुर राक्सिराङबाट ३ घण्टा पैदल पूर्व उत्तर पर्छ।
मकवानपुर जिल्लाको बिकट राक्सिराङ गाउँपालिकाको चैनपुर पुग्न हेटौंडाबाट सवारी साधनमा नै ४ घण्टा लाग्छ। त्यहाबाट ३ घण्टा हिडेपछि मात्रै घटनास्थल पुगिन्छ।