सोमबार, असार २३, २०८२

सरकारी वेबसाइट करिव पाँच घण्टा ह्याकरको नियन्त्रणमा

साइबर आक्रमण हुँदा करिब पाँच घण्टा सेवा अवरुद्ध भएको थियो। दिउँसो करिब १२:३० देखि अपराह्न साढे ५ बजेसम्म सरकारी वेबसाइट जीओभी डटकम डटएनपी चलेको थिएन।
 |  आइतबार, माघ १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ १५, २०७९

काठमाडौं- नेपाल सरकारका वेबसाइट शनिबार 'साइबर' आक्रमण भएको छ। साइबर आक्रमण हुँदा करिब पाँच घण्टा सेवा अवरुद्ध भएको थियो। दिउँसो करिब १२:३० देखि अपराह्न साढे ५ बजेसम्म सरकारी वेबसाइट जीओभी डटकम डटएनपी चलेको थिएन। 

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) को सर्भरमा रहेका जीओभी डटकम डटएनपी सरकारी साइटमा साइबर आक्रमण भएको बताइएको छ।

राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले एनआईटीसीको सर्भरमा रहेको फायरवालमा मेमोरी (सीपीयू) एक्कासी बढेको देखिएको बताए। प्रारम्भिक अध्ययनबाट साइबर आक्रमण (डीएनएस अट्याक) भएको देखिएको उनको भनाइ छ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)को सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडान बढी मात्रामा प्रभावित भएका थिए। विमानस्थलका प्रशासनले शनिबार दिउँसो १२ बजेदेखि आएको प्राविधिक समस्याका कारण छवटा उडानका झण्डै ८०० यात्रुको हवाइ यात्रा प्रभावित भएको जनाएको छ।

अन्तर्राष्ट्रियतर्फका कुनै उडान रद्द नभए पनि नेपाल वायुसेवा निगम, भिस्तरा, इन्डिगो, फ्लाई दुबई, थाई स्माइल र एयर इण्डियाले ढिला (डिले) गरेर उडान भरेको विमानस्थल प्रशासनले जनाएको छ।

प्राविधिक समस्याका कारण वैदेशिक रोगजार विभाग र विमानस्थलस्थिल भन्सार विभागका कामकारबाहीमा समेत समस्या पुगेको थियो। बेलुकी करिब साढे पाँच बजेदेखि मात्र जीओभी डटकम डटएनपी वेबसाइट सञ्चालनमा आएका थिए।

प्रकाशित: Jan 29, 2023| 07:25 आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।