दैलेख- मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखको नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ।
छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे२त १४७८ नम्बरको ट्र्र्याक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको ज्यान गएको हो।
ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताए।
ट्र्र्याक्टर चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खाजी भइरहेको प्रहरीले जनाएको छ। मृतक विक पनि ट्र्र्याक्टर चालक हुन्।