सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ४ हजार ऋणको बोझले झुन्डिएका रामदेवलाई जनप्रतिनिधिले सम्झिए

४ हजार ऋणको बोझले झुन्डिएका रामदेवलाई जनप्रतिनिधिले सम्झिए

गाउँपालिका बैठकमा जनप्रतिनिधिले रामदेव परिवारको ऋण पालिका अध्यक्षलगायत वडा सदस्यसम्मले तलबभत्ता दिएर तिरिदिने निर्णय गरेका हुन्।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं– गत ११ माघमा स्थानीय लघुवित्तको किस्ता तिर्न नसकेर आत्महत्याको बाटो रोजेका रामदेव मरिकको परिवारलाई स्थानीय जनप्रतिनिधिले सघाउने भएका छन्। छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेवले १५ हजार ऋणमध्ये बाँकी रहेको ४ हजार रुपैयाँको किस्ता तिर्न नसकेर आत्महत्या गरेका थिए।

गाउँपालिकाका जनप्रतिनिधिले रामदेवको ऋण तलबबाट तिरिदिने र उनका छोरालाई जागिर दिने कसम खाएका छन्। पालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार मरिकले वित्तीय संस्थाबाट लिएको ऋणमध्ये ३ लाख रुपैयाँ तिरिदिने निर्णय गाउँपालिकाले गरेको छ।

शुक्रबार गाउँपालिका बैठकमा जनप्रतिनिधिले रामदेव परिवारको ऋण पालिका अध्यक्ष लगायत वडा सदस्यसम्मले तलबभत्ता दिएर तिरिदिने निर्णय गरेको हो।

‘उनको विभिन्न वित्तीय संस्था र गाउँघरको लगाएर साढे ३ लाख रुपैयाँ ऋण रहेको बुझिएको छ। जनप्रतिनिधिले आफ्नो तलबभत्ताबाट सबै ऋण तिरिदिने निर्णय गरका छौं,’ पालिका अध्यक्ष चौधरीले भने।

पालिका अध्यक्ष चौधरीले आफ्नो तलबभत्ताबाट १ लाख रुपैयाँ रामदेवको परिवारलाई दिनेछन्। रामदेवको परिवारको जीवनयापनका लागि पालिका कार्यालयमा जेठो छोरा राजकुमारलाई सहयोगीका रुपमा जागिर दिन जनप्रतिनिधि सहमत भएका छन्।

गत १० पुसमा मरिक घरभन्दा ३ सय मिटर दक्षिणमा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए। स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। मरिकले गाउँमा रहेको महुली लघुवित्त वित्तीय संस्थाबाट अघिल्लो वर्ष १५ हजार रुपैयाँ ऋण लिएका थिए।

यसमध्ये ११ हजार रुपैयाँ ऋण तिरिसकेकामा ४ हजार तिर्न बाँकी थियो। छिन्नमस्ता गाउँपालिकाका विद्यमान चौधरीका अनुसार सोमबार मासिक बैठक थियो। तर उक्त बैठकमा किस्ता तिर्ने पैसा नभएपछि मरिककी श्रीमती उर्मिलादेवी पुगेकी थिइनन्। 

बैठकमा नपुगेपछि संस्थाका कर्मचारी घरमै आएर पैसा तिर्न दबाब दिएको र त्यसपछि ऋण खोज्न हिँडेका मरिक मृत भेटिएका थिए। उनले अघिल्लो वर्ष मंसिरमा छोराको बिहेका लागि ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाबाट ९० हजार रुपैयाँ ऋण लिएका थिए।

यसमध्ये आधाभन्दा बढी ऋण तिरिसकेकामा करिब ४४ हजार रुपैयाँ तिर्न बाँकी छ। उक्त ऋण रकम सबै बिहेमा सकिएपछि मरिकले श्रीमतीलाई गाउँकै वित्तीय संस्थामा आबद्ध गराई १५ हजार रुपैयाँ ऋण लिएका थिए।

प्रकाशित: Jan 28, 2023| 16:46 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।