काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घन्टा बढी समयदेखि विमान उडान र अवतरण अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। अध्यागमन विभागको सर्भर डाउन हुँदा विमानस्थलबाट उडान र अवतरण अवरुद्ध भएको हो।
यतिबेला त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने र अवतरण हुने जहाज दुवै रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ। जहाज उडान अवरुद्ध हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका यात्रु विमानस्थलमै अलपत्र परेका छन्।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले फ्लाई दुबई, इन्डिगो एयर एयर इन्डियालगायत ५÷६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको बताए।अध्यागमन विभागले सबै सरकारी वेबसाइटमा समस्या आएको बताएको छ।