शुक्रबार, साउन ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • अरब सागरको जलवाष्पयुक्त वायुको प्रभाव, कस्तो रहला देशभरको मौसम?

अरब सागरको जलवाष्पयुक्त वायुको प्रभाव, कस्तो रहला देशभरको मौसम?

देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ। तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
 |  शनिबार, माघ १४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ १४, २०७९

काठमाडौं- देशको पहाडी भेगमा आज बिहान आंशिक बदली रहेको छ। तराईका केही भू–भागहरूमा हुस्सु÷कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ। 

विभागका अनुसार आज राति प्रदेश–१ मा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तराईका थोरै स्थानमा बिहानीपख हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरको छ।

नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनुका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ। अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव रहे पनि यो प्रणाली स्ट्रङ नरहेको मौसमविद्हरूको भनाइ छ। जसका कारण वर्षाको उच्च सम्भावना न्यून छ।

प्रकाशित: Jan 28, 2023| 06:49 शनिबार, माघ १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।