शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका फर्निचर एकै छानामुनि

सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका फर्निचर एकै छानामुनि

मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको उक्त मेलाको उद्घाटन शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- नेपाल उड इन्टरनेसनल एक्पो तथा आठौं नेपाल अन्तराष्ट्रिय फर्निचर मेला काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।

मिडिया स्पेस सोलुसन प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रुपमा आयोजना गरेको उक्त मेलाको उद्घाटन शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन्।

मन्त्री भण्डारीले अन्तर्राष्ट्रिय स्तरमा व्यापार बढाउन मेलाले सहयोग गर्ने बताए। ‘अहिले नेपालको व्यापार घाटामा छ। व्यापार नाफामा लैजानका लागि व्यवसायलाई प्रवद्र्धन गर्नुपर्छ। यसका लागि प्रदर्शनी मेला आयोजनाले धेरै सहयोग पुग्छ,’ उनले भने। साथै फर्निचर व्यवसायमा लगानी गर्न लगानी कर्ताहरुलाई आग्रहसमेत गरे।

उक्त मेला माघ १५ गतेसम्म सञ्चालन हुनेछ। मेलामा विभिन्न देशका फर्निचर, प्लाइउड, तथा काठ औजार कम्पनी, डिलर, सबडिलर र व्यवसायीहरु सहभागी भएका छन्। नेपाल र भारतका विभिन्न कम्पनीहरुले एक सयभन्दा बढी स्टल राखेका छन्।

मेलामा फनिचरका सामग्रीहरु काठ काट्ने मेसिन, दराज, सोफा, प्लाई, कार्पेट र झ्याल–ढोकाहरुसमेत प्रदर्शनमा राखिएका छन्। उक्त प्रदर्शनी संसारभरका ख्याती प्राप्त ब्राण्डलाई नेपाली बजारमा भविष्यलक्षित वस्तु तथा प्रविधिलाई नेपालमा व्यवसायिक बनाउन पहल गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकको भनाइ छ।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि यो प्रदर्शनी ७ वर्षदेखि कोसेढुंगा सावित हुँदै आएको आयोजकले बताएको छ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा उड वर्किङ तथा फर्निनर म्यानुफ्याक्चरिङ मेसिन, पावर टुल्स, प्लाइउड,  झ्यालढोका, इन्टेरियर डिजाइन, घर तथा अफिस फर्निचर आदिको पनि उल्लेखनीय सहभागिता रहनेछ।

काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरु र यस क्षेत्रमा आउने नयाँ प्रविधिका बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी सात वर्षदेखि कोसेढुङ्गा सावित हुँदै आएको आयोजकको दाबी छ। साथै, यस प्रदर्शनीले नेपालमा हाल भइरहेका काठ फर्निचरको विकास तथा आधुनिकीकरणमा टेवा पुर्याउने आयोजकले विश्वास लिएको पाइएको छ।

प्रकाशित: Jan 27, 2023| 21:22 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्