शुक्रबार, साउन ३, २०८२

बारामा एक लाख २१ हजार मेट्रिक टन आलु उत्पादन

आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी दिए।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं- बारामा यस वर्ष कृषकले विभिन्न जातको आलुखेती गरी कुल एक लाख २१ हजार ६२ दशमलव पाँच मेट्रिक टन आलु उत्पादन गरेका छन्।

आलुखेतीका लागि मौसम अनुकूल भएको तथा शीतलहरबाट बचाउन कृषकले समय–समयमा औषधि छरेका कारण गत वर्षको तुलनामा यस वर्ष आलु उत्पादनमा वृद्धि भएको भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत रामअसिस ठाकुरले जानकारी दिए।

यस वर्ष आलु उत्पादनमा शुन्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ। कृषकले विभिन्न जातका आलु सात हजार चार सय ५० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ दशमलव २५ मेट्रिक टनको दरले दुई अर्ब ४२ करोड १२ लाख ५० हजार मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए।

कलैया बजारमा अहिले आलु प्रतिकिलो २० देखि २५ मा बिक्री वितरण भइरहेको छ। गत वर्ष कृषकले विभिन्न जातका आलु सात हजार चार सय २० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर १६ मेट्रिक टनका दरले दुई अर्ब ३७ करोड ४४ लाख बराबरको आलु उत्पादन गरेका थिए। एक लाख १८ हजार सात सय २० मेट्रिक टन आलु उत्पादन भएको केन्द्रले जनाएको छ। 

प्रकाशित: Jan 27, 2023| 20:30 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।