शनिबार, जेठ २५, २०८२

धनगढीमा कन्स्ट्रक्सन सोलुसन्सको शाखा विस्तार

धनगढी शाखामा कम्पनीको थ्री एस सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपुर्जासम्बन्धी सबै सेवा सेवाग्राहीले पाउन सक्नेछन्।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– हुन्डाई कन्स्ट्रक्सन इक्विपमन्टले कैलालीको धनगढीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखा धनगढी–१३, मोहनपुर गेटा कैलालीमा खुलेको हो।

धनगढी शाखामा कम्पनीको थ्री एस सेवाअन्तर्गत सेल्स, सर्भिस र स्पेयर पाटपुर्जासम्बन्धी सबै सेवा सेवाग्राहीले पाउन सक्नेछन्। शाखा विस्तारसँगै हुन्डाईका एक्स्काभेटर चट्टान तथा अन्य हेभी पद्धार्थ फुटाउन जिसुङ र रामर ब्रान्डका हाइड्रोलिक रक ब्रेकरका साथै पीडी बी बकेट क्रसर पनि नयाँ सोरुमबाट खरिद गर्न सकिने कम्पनीले बताएको छ।

निर्माण व्यवसायी तथा इक्विपमन्ट अपरेटरले भरपर्दो हेभी इक्विपमन्ट किन्न टाढा गइरहनुपर्ने बाध्यता हटेको छ। हेभी इक्विपमन्ट मर्मत तथा पार्टपूर्जा पनि धनगढी शाखाबाटै सहज रूपमा प्राप्त गर्न सकिनेछ।

हुन्डाई कन्स्ट्रक्सन इक्विप्मन्टले नेपालको हेभी निर्माण उपकरण बजारमा महत्त्वपूर्ण हिस्सा ओगटेको छ। हुन्डाई कन्स्ट्रक्सन इक्विपमन्टका उपकरण लामो समयदेखि निर्माण, युटिलिटी, उत्खनन् एवं खानी उद्योगका लागि प्रमुख साधनका रुपमा रहँदै आएका छन्।

प्रकाशित: Jan 27, 2023| 16:20 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्