शनिबार, जेठ २५, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भारतीय पाहुनालाई नेपाल घुमफिर गराउन बोर्डको पर्यटन लक्षित सेल्स मिसन

भारतीय पाहुनालाई नेपाल घुमफिर गराउन बोर्डको पर्यटन लक्षित सेल्स मिसन

सेल्स मिसनमार्फत नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डको विश्वास।
 |  शुक्रबार, माघ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १३, २०७९

काठमाडौं– नेपाल पर्यटन बोर्डले कोरोना महामारीपछि थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न भारतका विभिन्न सहरमा सेल्स मिसन कार्यक्रम सुरु गरेको छ। 

बोर्डले नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर अपरेटर्स (नाट्टा)सँगको सहकार्यमा मंगलबार भारतको बनारसमा, बुधबार गोखपुरमा र बिहीबार लखनउमा कार्यक्रम आयोजना गरिएको बताएको हो। 

वार्षिक कार्यक्रमअनुसार विभिन्न देशमा यस्ता कार्यक्रम भइरहेको र यसले नेपालको पर्यटनलाई थप चलायमान बनाउने बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले बताए। उनले भने, ‘बोर्डको वार्षिक कार्यक्रमअनुसार पर्यटन व्यवसायीको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रम सुरु भएका छन्। यसले नेपालको पर्यटनलाई लयमा फर्काउन सहयोग गर्ने अपेक्षा गरेका छौं।’

कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्यवसायीले सहभागिता जनाएका थिए। सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको सहभागिता थियो। नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनका लागि उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले भारतीयको आगमन बढाउन पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रहसमेत गरिएको छ।

कार्यक्रममार्फत नेपाल र भारतबीच ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै बनारस र नेपालबीच सहकार्यमार्फत धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: Jan 27, 2023| 11:13 शुक्रबार, माघ १३, २०७९
प्रतिक्रिया दिनुहोस्