सर्लाही- सर्लाहीको हरिपुर्वा नगरपालिका-९ मिर्चैया बस्ने १८ वर्षीय ललन राय यादवको पानीमा डुबेर बिहीबार मृत्यु भएको छ।
घरबाट करिब ५ सय मिटर दक्षिणमा रहेको खेतमा बोरिङबाट निकालेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।